क्यान्सर पीडितलाई सहयोग

तुलसीपुर, १५ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३की नन्दकला बुढालाई आर्थिक सहयोग गरिएको छ ।

क्यान्सर रोगका कारण उपचारत बुढालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले सहयोग गरेको हो ।  केन्द्रका प्रमुख सुरेश भुसालले बुढाका श्रीमान एग्ये बुढालाई दश हजार सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।


बुढाले सामाजिकरुपमा सक्रियता जनाउँदै आएको संस्थाले मानवीय सेवाअन्तर्गत उपचारमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यस्तै संस्थाका प्रमुख सुरेश भुसालले संस्थाले समाजमा लागु पदार्थ दुव्र्यशनीको उपचारका साथै सामाजिकरुपमा विभिन्न कार्यक्रमा सक्रियता हुँदै आएको बताउनुभयो ।