लागु औषधसहित लमहीमा ३ जना पक्राउ

देउखुरी, १२ साउन ।
लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् । शुक्रवार लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मि.लि. ग्राम लागु औषध(ब्राउन सुगर) सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ४अर्नहवा निवासी बालिका सुनार, लमही नगरपालिका वडा ५ कोईलाबास रोड निवासी राउडी भन्ने बिक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका वडा ६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।


लागु औषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । उनले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत, घोराही दाङवाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको बताउनुभयो ।

पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागु औषध कारोबारमा पक्राउ परिसकेकी हुन् । उनी धरौटीमा रिहा भएकि थिइन् ।