तुलसीपुरका ९ क्रसरको अनुगमन

तुलसीपुर,९ साउन ।
दाङ तुलसीपुरका ९ वटा क्रसर उद्योगको अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका ति क्रसर उद्योगको अनुगमन गरेको छ ।

सोमबार क्रसर तथा वासिङ उद्योगको अनुगमन गरिएको र केही दिनमा त्यसको प्रतिबेदन आउने अनुगमन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष शिवानन्द डाँगीले बताए । उनका अनुसार अनुमति भन्दा बढि ढुंगा, गिट्टि, बालुवा राखिएको पाईएमा थप राजश्व लिनकालागि अनुगमन गरिएको हो ।