घरमा अभिभावक नभएको मौकामा ११ बर्षीया बालिका बलात्कृत

दाङ, ५ साउन ।
तुलसीपुरमा एक बालिका बलात्कृत भएकि छिन् । उपमहानगरपालिका वडा नं.११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिएका छन् । साउन २ गते राती घरमा बाबु–आमा नभएको समयमा बलात्कार भएको हो ।

घटनाको बारेमा ढिला (विहीवार) थाहा भएको हुदा आरोपित फरार भएको प्रहरीले जनाएको छ । पिडित बालिका स्वास्थ्य चौकि गएपछि मात्रै घटना बाहिर आएको हो । पिडित बालिकाको अवस्था अहिले सामान्य रहेको छ ।


स्रोतका अनुसार बलात्कार गर्ने पुरुष नाता पर्ने ब्यक्ती हुन् । पीडित बालिकाका वुवा रोजगारको सिलसिलामा सुर्खेत गएको र आमा आफन्तीको घर गएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।