बसभित्र ७३ बर्षीया महिलामाथि सामूहिक बलात्कार

दाङ,५ साउन ।
दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ बर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । विहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ति महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

उपचारकालागि भन्दै प्यूठान स्वर्गद्धारी नगरपालिकाबाट आएकी ति महिला राति बसपार्क पुगेकी थिइन । सोही क्रममा सहयोग गर्ने बाहाना बनाएर दुईजनाले बसपार्क भित्र पार्किङ गरि राखेको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्‍याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।


बलात्कार गरिरहेको अबस्थामा ति महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै पुगेर प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका – ७ का २० बर्षीय रेशम बिक रहेका छन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।