मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं : मन्त्री मास्की

देउखुरी, २ साउन । लुम्बिनी प्रदेशका अर्थमन्क्री धनबहादुर मास्कीले मुत्त कमैयालाई राजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताएका छन् । आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालाग प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए ।

उनले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।


लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरु रहेको भन्दै उनीहरुको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उनको  भनाई छ । २०५७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।

No description available.