तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुन लुट्ने दुईजना पक्राउ

तुलसीपुर, २५ असार ।
दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुन लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजना तुलसीपुर वसपार्कका हुन् । उनीहरुले वसपार्क स्थित एक घरमा ती बालकलाई शनिबार दिनभरी भित्रै थुनेर चक्कुले घाटी रेट्न खोजी कानमा लगाएको सुन लुटेर फरार भएका थिए ।


सुन लुटेर फरार भएका दुबैजनालाई प्रहरीले हिजो आइतबार बिहान पक्राउ गरेको हो । आज मात्रै पिडित पक्षले जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाउने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाको नाम भने गोप्य राखिएको छ ।