आजबाट चालू वर्षको सरकारी भुक्तानी बन्द

काठमाडौं, २४ असार ।
सरकारले चालु आर्थिक वर्षको लागि गर्ने सबै खालको भुक्तानी बन्द हुँदै छ ।

आज राती १२ बजेबाट लागू हुनेगरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने सरकारको आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघिय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।