लुम्बिनी प्रदेशका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्योभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँदेखि १० औँ तह वा त्यो सरहसम्मका कर्मचारीले दुई दिनको तथा सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितलाई दिने भएका हुन् । कर्मचारीले दिने रकम कर्णाली प्रदेश सरकारको विपद‍् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिनुभयो ।