सेवा निबृत स्वास्थ्य स्वयंसेवीकालाई दंगीशरणको सम्मान

प्रमोद आचार्य
दंगीशरण, २२ असार ।
दाङको दंगीशरण गाउँपालिकाले सेवा निबृत्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई दिर्घ सेवा सम्मान वितरण गर्दै सम्मान गरेको छ ।

पालिकाले बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी निबृत्त महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रमाणपत्र नगद र दोसल्ला सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य क्षेत्रको पहिलो आधारसिला मानिने स्वयंसेवीकाहरुको अतुलनीय योगदानको उच्च प्रसंशा गर्नुभयो ।


शिशु मृत्युदर र मातृ मृत्युदरलाई कम गर्न महत्वपूर्ण भुमिका खेल्ने स्वयंसेवीकाहरुलाई सम्मान गर्न पाउदा आफु खुसि भएको बताउनुभयो । कार्यक्रममै बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले बिगतको समयलाई स्मरण गर्दै जटिल परिस्थितिमा समेत आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरी जनताको प्रत्यक्ष सम्पर्कमा रही पु¥याएको सेवा प्रवाहको खुलेर प्रसंशा गर्नुभयो ।

पालिकाले निबृत्त स्वयंसेवीकालाई नगद १५ हजार र प्रमाणपत्र सहित सम्मान गरेको थियो ।कार्यक्रमको सहजीकरण गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएको थियो ।