राप्ती सेवा प्रालिद्वारा तीन वटा एसीबस सञ्चालनमा

तुलसीपुर,२१ असार । दाङको तुलसीपुर स्थित राप्ती यातायात सेवा प्रालिले तीन वटा एसी बस सञ्चालनमा ल्याएको छ ।

प्रालिका अध्यक्ष विनोद कुमार शर्माका अनुसार सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको हो । विहीबारदेखि तीन वटै बस दाङ-काठमाडौंकालागि चल्ने छन् ।


विगत ८ बर्षदेखि प्रालिले प्रभाबकारी रुपमा सेवा दिदै आएको छ ।

प्रालिले केही समयमा पोखरा,विरगंज, नेपालगञ्जलगायतका स्थानमा सेवा दिने लक्ष्य राखेको छ ।