दाङमा ३५ थान काठ बरामद

तुलसीपुर, ७ असोज ।
अवैध सालको ३५ थान काठ बरामद गरेको छ ।

बुधबार बिहान अन्दाजी सवा १ बजेतिर घोराही १२ रतनपुरस्थित सोही ठाउँ निवासी २३ वर्षिय सुदन गिरीले अबैध काठ लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।


गिरीको घरको आँगनमा पार्किङ गरी राखेको रा १ त २५३६ नम्बरको ट्याक्टरमा लुकाइछिपाई राखेको सालको ३५ थान ११४।६८ क्यूफिट फेला पारी प्रहरीले थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय घोराहीमा बुझाएको छ ।