शान्तिनगरमा तीन महिने एडभान्स कटाई सिलाई तालिम सम्पन्न

दाङ १८ असार ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको समन्वयमा दलित सीप विकास तथा उत्थान केन्द्र दाङद्वारा आयोजित तीन महिने एडभान्स कटाई सिलाई तालिम आईतबार शान्तिनगरमा सम्पन्न भएको छ ।

हिरालाल सुनारको अध्यक्षता र शान्तिनगर गाउँपालिकाकि उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको प्रमुख आथितिमा तीन महिने एडभान्स कटाई सिलाई तालिम शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवा, दाङमा आईतबार सम्पन्न भएको हो । ‘सीप सिकौं आत्म निर्भर बनौं’ भन्ने मुल नाराका साथ तालिमको आयोजना गरिएको थियो।


दलित सीप विकास एवं उत्थान केन्द्र दाङको आयोजनामा सञ्चालित ३ महिने एड्भान्स कटाइ तालिममा शान्तिनगर वडा नं. १ र २ बाट २० जना सहभागी थिए ।