दाङमा लागु औषध सहित ५ जना पक्राउ

भालुवाङ, १८ असार ।
दाङको राप्ती गाउँपालिकाबाट लागु औषध (ब्राउन सुगर) सहित ५ जना पक्राउ परेका छन् । गत असार १५ गते साँझ ७ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयाबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ३ मसुरीया बस्ने २७ वर्षिय २७ शेरे भनिने दिलिप कामी, सोही ठाउँ निवासी २२ वर्षिय सुरज कामी, वडा नं.४ बस्ने २२ वर्षिय सुशील गिरी, वडा नम्बर १ बस्ने २० वर्षिया नेहा राई, रोल्पा लुडग्री गाउँपालिका १ घरभई हाल राप्ती गाउँपालिका १ बस्ने ३० वर्षिय छबिलाल पुन मगर रहेका छन् ।

मसुरीया स्थित रामकली कामीको घरमा लागूऔषध कारोवार तथा सेवन हुदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी मसुरीयाबाट प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


निजको घरमा रितपुर्वक खान तलासी गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित डिजिटल तराजुमा एकमुष्ठ तौल गर्दा ४ ग्राम ०.७ मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३ ग्राम ०.१ मिलिग्राम फेला पारेको हो ।

पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिई दाङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।