दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दीपक बोहरा
दाङ, ९ असार ।
दाङमा चट्याङ लाग्दा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीका अनुसार फरक-फरक ठाउँमा चट्याङ् पर्दा दंगीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

उनका अनुसार दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा बस्ने ३७ बर्षीय रामनारायण चौधरी र दंगीशरण गाउँपालिका वडा नं.६ निवासी ३२ बर्षीय समीर केसीको मृत्यु भएको हो ।
चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दंगीशरण ६ स्थित गोरु बाध्न बनाएको छाप्रोमा ओत लागिरहेको अबस्थामा शनिबार अपरान्ह साढे ६ बजेतिर चट्याङ लागेको हो ।


त्यस्तै केसीलाई अपरान्ह ५ बजेतिर बागर स्थित खेतबाट घाँस लिदै गरेको अबस्थामा चट्याङ्ले लागेको थियो । उनीहरु दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।