रोल्पामा बलात्कार मुद्दाका फरार प्रतिवादी ३८ वर्ष पछि पक्राउ

रोल्पा, ४ असार ।
रोल्पामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ३८ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिका ६ झारखोला निवासी ६२ वर्षीय सरजन राना क्षेत्री भन्ने सर्वजित राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएके छ । प्रहरीका अनुसार उनलाई असार १ गते त्रिवेणी गाउँपालिका ३ कोईलाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका अभियुक्तलाई रोल्पा जिल्ला अदालतले बि.स.२०४२ कार्तिक १९ गते जवरजस्ती करणी मुद्दामा दोसी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद सजायको फैसला गरेको थियो । त्यसपछी उनी फरार रहेका थिए । उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ