दंगीशरणका किसानहरुकालागी ५०% अनुदानमा कृषि औजार तथा यन्त्रीकरण सामाग्री वितरण

प्रमोद आचार्य
दंगीशरण, ३ असार ।
समय अनुसार परम्परागत खेती प्रणालीबाट रुपान्तरीत हुदै आधुनिक खेती प्रणालि तर्फ लाग्न दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानहरुलाई आग्रह गर्नुभयो । समय र परीश्रमको बचत गर्दै आधुनिक कृषि औजार र यन्त्रीकरणको प्रयोग तर्फ बढ्नु पर्ने अध्यक्ष गिरीको भनाइ थियो ।

दंगीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका किसानहरुका लागी ५०% अनुदानमा कृषि औजार तथा यन्त्रीकरणका सामाग्री वितरण कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।


गाउँपालिकाले किसानहरुको पनि थोरै लगानि रहोस र कृषि औजारको सहि सदुपयोग होस भन्ने उदेश्यका साथ ५ जनालाई पावर ट्रेलर,मिनि ट्रेलर १२ जनालाइ,रिपर २ वटा,कन्सेलर ३ वटा,ब्रश कटर ३ वटा,जाप पलान्टर ३ वटा, नर्मल स्प्रे २३६ वटा,चार्जवाला स्प्रे ८६ वटा लगायतका सामाग्री वितरण गरीएको अध्यक्ष गिरीले बताउनुभयो । वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले अनुदानमा लगीएका सामाग्रीहरुको दुरुपयोग भए त्यस्तो भए कालोसूचीमा राखीने समेत बताउनुभयो ।

गाउँपालिका कृषि साखा अन्तर्गत केहि समय अगाडी किसानहरुको माग संकलन गरी किसानहरुकै मागको आधारमा कृषि सामाग्री तथा यान्त्रीकरण सामाग्री खरीद गरी वितरण गरीएको कृषि साखा प्रमुख शर भुषालले बताउनुभयो ।

साखाले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी दंगीशरणभित्र खेती किसानि गरीरहेका र पहिले कुनै अनुदानका सामाग्री नलगेका नयाँ किसानहरुलाई आवश्यकता र प्राथमिकतामा राखी माग भएका मध्यबाट छनोट गरीएको प्रमुख भुषालले बताउनुभयो । वितरण कार्यक्रमको सहजीकरण कृषी प्रा.स मानबहादुर डाङ्गीले गर्नुभएको थियो ।