घोराही महोत्सब ठेकेदारको कब्जामा !

 

घोराही, ७ फागुन । दाङका हरेक महोत्सव ठेकेदारले चलाउछन्, त्यो कुनै नयाँ कुरा होईन् । आयोजक देखावटी एउटा हुन्छ, तर, महोत्सव ठेकेदारले नै चलाउछन् । तर, घोराहीमा जारी घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरेको महोत्सवमा भने ठेकेदारले कार्यक्रम नै कब्जा जमाएको छ ।

कार्यक्रमको ब्यानरमा नै ठेकेदारको कम्पनीको नाम आएको छ ।‘हामीले पनि महोत्सव लगायौं, पर्खाल लगाउने, पिङ हाल्ने, स्टल बनाउने काम त हामीले ठेक्का दिन्थ्यौं, त्यो सबै महोत्सवले गर्थे’,दाङका ब्यबसायीले भने‘तर,अहिले त ब्यानरमै आफ्नो नाम लेखेर आए, यसले महोत्सवको क्षेत्रमा विकृति फैलाउछ, आयोजकको काम मन्चमा आउने, बस्ने बाहेक केही छैन, सबै ठेकेदारको मातहतमा छ ।’


आयोजक महासंघ भएपनि यसको ठेक्का एम.एम.वि.के.एल. इभेन्ट एण्ड बहुउदेश्यीय प्रालिले लिएको छ । यसले आफू अनुकूल कालाकार ल्याउने गरेका छ, भने हरेक काम आफू अनुकूल गर्दै आएको छ ।

यघि जिल्लाका हरेक महोत्सव लमही स्थित विनोद बुढाथोकीले लिने गरेका थिए, तर, महासंघले जिल्ला भन्दा बाहिरका ब्यक्तीलाई ठेकेदारका रुपमा ल्याएका छ । महासंघले लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी सञ्चालन गरिरहेको छ ।