दाङ
१६ कात्तिक/ दाङको तुलसीपुरमा रगत अभाब देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिशरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाब रहेको छ । चाडपर्वको समयमा रक्तदानको कार्यक्रम पनि नभएको र चुनाबले गर्दा पनि उक्त रक्त सञ्चार केन्द्रमा बुधबार एउटा मात्रै रगत थियो ।“चाडपर्वमा रक्तदान गर्ने कार्यक्रम रहेन”रक्तसञ्चार प्रमुख नरेश चौधरीले भने“तर, रगत माग गर्ने विरामी चाडपर्वकै समया आउनु भयो, त्यसैले गर्दा पनि रगत अभाब रहन गयो ।”
आबश्यकता अनुसार मानिश बोलाएर रगत लैजादै विरामीलाई उपलब्ध गराउने अबस्था आयो । रगत अभाब भएपछि बुधबार दिउसो मात्रै २७ जनाले रगत दान गरेका थिए । नेकपा (बहमत) पार्टीका पदाधिकारीहरुले रगत दान गरेपछि भने रगतको आपूर्ति भएको थियो ।“रगत एकदमै अभाब भएपछि हामीले बिभिन्न माध्यामबाट आह्वान ग¥यौं”,उनले भने“त्यसपछि २७ प्वाइन्ट रगत संकलन भएको छ, यसले केही सहयोग पुग्न सक्छ ।” माग धेरै आएपछि पछिल्लो समय रगत अभाब रहेको उनले बताए ।
रगत अभाब भएपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको पार्टीका नेता अमर खड्काले बताए । हाल सबै भन्दा धेरै ‘बी पोजिटिभ’ रगतको माग रहेको छ ।
रगत अभाब भइरहेको भन्दै दान गर्नकालागि बिभिन्न ब्यक्ती तथा समाजिक संस्थाहरुलाई पनि अनुरोध गरिएको छ ।
यी हुन्, रक्तदान गर्नेहरुः
नेकपा बहुमतका दाङ जिल्ला संयोजक बिरेन्द्र बिक, कार्यालय सचिव अमर खड्कासहित २७ जना युवाले रक्तदान गरेको रक्तसंचार केन्द्र तुलसीपुरले जनाएको छ ।
रक्तदान गर्नेहरुमा प्रविन न्यौपाने, नविन खत्री, बिमल परियार, इन्द्रजित परियार, राजकुमार नेपाली, खुमबहादुर चन्द, मिलन बिक, प्रकाश बिक, रेखा बस्नेत, प्रेम परियार, साजन परियार, सन्देश नेपाली रहेको केन्द्रले जनाएको छ ।
यस्तै जीवन वली, सन्दीप सेर्पाइली, तिलक पुन मगर, आचोड ठकुरी, गोपाल सुनार, मिलन रोका, बिबेक विक, बिरेन्द्र बिक, प्रविन चौधरी, सुन्दर सुनार, राजन बिक, सुमन बिक र प्रकाश सुनार लगायतले रक्तदान गर्नुभएको रक्त संचार केन्द्र तुलसीपुरका प्रमुख नरेश चौधरीले जानकारी दिए ।
तुलसीपुर रक्तसंचार केन्द्रबाट दैनिक ६ देखि ११ युनिटसम्म रगत खपत हुने गरेको छ ।
लाइभदाङ । १६ कार्तिक २०७९, बुधबार १८:४२ बजे