डुरुवा गाउँमा महतौ चयन गरियो

तुलसीपुर
१४ फागुन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरुवा गाउँमा महतौ चयन गरिएको छ । चयन गरिएका महतौले थारु जातीको परम्परा अनुुुसार प्रत्येक गाउँमा अनुवाइ गर्ने, सामाजिक कामकाजको जानकारी दिने तथा छलफल गराउने, गाउको धार्मिक पुजाआजा गराउनेलगायतका कार्य गर्छन् ।

गाउँभरिका अनुवाहरुको भेलाबाट अनबिर चौधरीलाई महतौ छनोट गरिएको हो । उक्त भेला प्रमुख अतिथि वडा न १५ का वडा अध्यक्ष लक्षण चौधरी तथा अन्य अतिथिहरुमा गुरुवा मणिराम चौधरी, समाजसेवी मंगल चौधरी, सुन्दरलाल चौधरी र रुपलाल चौधरीले महतौको महत्वको बारेमा बताएका थिए ।


थारु बुद्घिजिबि कुल बहादुर चौधरीका अनुसार महतौको कामजात तथा जिम्मेवारलाई प्रभाबकारी बनाउनको लागि १३ सदस्यको समिति पनि गठन गरिएको छ । उक्त समितिको अध्यक्षमा हिरालाल चौधरीलाइ चयन गरिएको छ । प्रमुख अतिथि लक्षण चौधरीले भुह्यारथानको ब्यबस्थाको लागि वडा कार्यालयबाट करिब रु ५०,००० सहयोग गर्ने पनि प्रतिबद्घता गरेका छन् ।

भेलामा ७० जनाको सहभागिता रहेको थियो ।