लमही नगरपालिकाले पनि दियो गर्मी बिदा

दाङ, २५ जेठ ।
अत्याधिक गर्मी बढ्न थालेपछि लमही नगरपालिकाले नगर भित्रका विद्यालय जेठ २८ गतेदेखि असार १ गतेसम्मका लागि बन्द गरेको छ । लमही नगरपालिका शिक्षा नगर समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।


नेपाल सरकारले यहि जेठ २५ गतेदेखि शुरु भएको दादुरा, रुवेला खोप लगाउने कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रमलाई प्रभाव नपर्ने गरि विद्यालयको बिदा मिलाइएको लमही नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रवीन्द्र क्षेत्रीले जानकारी दिनु भयो । देउखुरी क्षेत्रमा अत्याधिक गर्मी बढेपछि देउखुरीका सबै पालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।