ज्योति लाईफद्वारा साढे ५४ लाख बढि बीमा रकम प्रदान

तुलसीपुर
६ असोज / ज्योति लाइफ इन्स्योरेन्स तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको मृत्युपछि उनको परिवारलाई बीमा रकम प्रदान गरिएको छ ।

आज तुलसीपुर उद्योग बाणिज्य संघमा एक कार्यक्रमको आयोजना गरि वीमा वापतको ५४ लाख ५८ हजार तीन सय ३३ रुपैँया ३३ पैसा प्रदान गरिएको हो ।

उक्त रकम बराबरको चेक मृतकका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको हो । पाण्डेले ५० लाखको वीमा बनाएर अहिलेसम्म दुई किस्ता मात्रै बुझाएकी थिइन । रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, ज्योति लाइफका क्षेत्रीय प्रमुख मोहन पुरी , तुलसीपुर शाखाका प्रमुख कमल सिं खड्काले प्रदान गरेका थिए ।


त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले सबैले वीमा बनाउन आबश्यक रहेको बताए । ज्योति लाइफ इन्स्योरेन्सले नेपालमा सबैभन्दा धेरै घातक रोग विरुद्ध उपचार खर्च दिने बिमा रहेको क्षेत्रीय प्रमुख पुरीले बताए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'