मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते

दाङ, २१ जेठ ।
पश्चिम दाङको दंगीशरण गाउँपालिका–३ मा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना गम्भीर घाइते भएका छन् ।

शनिबार बेलुका साढे ७ बजेतिर शान्तीनगरदेखि हेकुलीतर्फ जाँदै गरेको रा ३ प ७६३५ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट आईरहेको लु ४१ प ४७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जनाकारी दिए ।


घाइते हुनेमा रा ३ प ७६३५ नम्बरको मोटरसाइकल चालक शान्तीनगर गाउँपालिका–४ गिदिनिया निवासी ३६ वर्षिय मनोज कुमार वली, लु ४१ प ४७४४ नम्बरका मोटरसाइकल चालक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत जिल्ला नवलपरासी रामग्राम नगरपालिका-७ पश्चिम परासी बस्ने २९ वर्षिय डा.शैलेस उपाध्याय र सोही मोटरसाइकलमा सवार सोही अस्पतालमा कार्यरत तुलसीपुर उपमहानगरपालिका६ निवासी ३० वर्षिय डा.आदर्श रेग्मी रहेका छन् ।

घाइते तीन जना मध्य दुई जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने डा. रेग्मीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।