दंगीशरण ७ मा बाख्रा उपहार कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, २१ जेठ ।
दंगीशरण गाउँपालिका कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित परीयोजना अन्तर्गत शिद्देश्वरी महिला समुह दंगीशरण ७ बुटनियाको आयोजना,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं. ७ मा सम्पन्न भएको छ ।

गत बर्षदेखी सञ्चालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत वितरण गरिएको माउ बाख्राबाट उत्पादित उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाई शनिबार एक कार्यक्रमका विच प्रदान गरीएको हो । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेश्यका साथ दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता साझेदारी अन्तर्गत त्यहाँका महिलाहरुको आर्थिक आयस्तर माथि उकास्न बाख्रा उपहार कार्यक्रम गरीएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताउनुभयो ।

गाउँपालिकाको ७० प्रतीशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतीशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभावकारी काम गर्न परीयोजना लागु गरीएको बताउनुभयो । यस्तै अध्यक्ष गिरीले भौतीक पुर्वाधारलाई मात्र विकास नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समृद्ध दंगीशरण हाम्रो परीकल्पना नाराले सार्थकता पाउने बताउनुभयो ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती तथा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलिले सानो स्रोतबाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने अपेक्षा लियको बताउनुभयो । महिलाहरुलाई सङ्गठित गर्न र स्रोतको परीचालन गर्दै आय स्तरमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । स्रोतको वृद्धि गरी समृद्धि समाज निर्माण गर्न यस्ता कार्यक्रमरुले टेवा पुर्याउने उहाँको भनाइ छ ।

कार्यक्रममा महिला सामुदायिक सेवा केन्द्रका नवराज अधिकारी,दंगीशरण गाउँपालिका प्रेश संयोजक प्रमोद आचार्य लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो । बाख्रा उपहार कार्यक्रम शिद्देश्वरी कृषि महिला समुहकी अध्यक्ष सावीत्रा केसीको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं.७ का वडा अध्यक्ष रेशम बहादुर वलिको बिशिस्ट आथित्यतामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको हो ।परीयोजना बारे हेफर प्रोजेक्ट नेपालका महेश आचार्यले प्रस्ट पार्नुभएको थियो ।

हेफर प्रोजेक्ट नेपाल दंगीशरणकी कार्यक्रम सयोजक गोमा भट्टराईको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिद्देश्वरी महिला समुहको सदस्य पुष्पा पौडेलले गर्नुभएको थियो ।