दंगीशरणमा एक दिने किसान सुचिकरण तथ्यांक संकलन सहजकर्ता अभिमुखिकरण तालिम

प्रमोद आचार्य
दंगीशरण, १९ जेठ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा एक दिने किसान सुचिकरण तथ्यांक संकलन सहजकर्ता अभिमुखिकरण तालिम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

ब्यबसायमा संलग्न रहेका किसानले नेपाल सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागी किसान सुचिकरण सकेत नम्बर अनिवार्य रहेकाले किसान सूचीकरण ब्यबस्थापन प्रणाली आवश्यक रहेको कृषि शाखा प्रमुख शरु भुषालले बताउनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले सहजकर्ताहरुले जनताको घर–घरमा पुगि जनताको पारीवारीक अवस्थातथा घरको समग्र पशु पन्छी,आर्थिक अवस्था ,लगाएतको एकुरेट तथ्यांक संकलन गर्न निर्देशन दिनुभयो ।


यस्तै अध्यक्ष गिरीले स्थानीयको घर–घरमा पुगि निकै सभ्य भाषामा नम्र सैलिमा कत्तिपनि घर नछुटाइ समग्र तथ्यांक उपलब्ध गराउन सहजकर्ताहरुलाई निर्देशन दिनुभयो । यस्तै कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले किसानले पाउने सेवा सुविधा पारदर्सि बनाउन किसान सूचीकरण ब्यबस्थापन प्रणालि लागु गरीएको बताउनुभयो । यस्तै आफुले गर्ने कामको सन्दर्भमा आफु तालिममा स्पष्ट भइ जनताको घर–घरमा पुग्न निर्देशन दिनुभयो ।

तालिम पालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्व,उपाध्यक्ष पिमा खड्का र प्रमुख प्रसासकिय अधिकृत निमराज भट्टराईको उपस्थितिमा सम्पन्न भएकोथियो । तालिममा पशुशाखा प्रमुख हितराम चौधरीले स्वागत मन्तव्य राख्नुभएकोथियो । कार्यक्रमको सहजिकरण कृषि शाखा सहायक मानबहादुर डाँगीले गर्नुभएको थियो ।