गणतन्त्र दिवसमा दाङबाट १४ कैदीबन्दी रिहा

दाङ, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा दाङबाट १४ जना कैदीबन्दी रिहा हुने भएका छन् । घोराही कारागारबाट र तुलसीपुर कारागारबाट गरी १४ जना कैदीबन्दीको बाँकी कैद मिनाह हुने भएको हो ।

घोराहीबाट तीन जना कैदीबन्दी छुट्न लागेको घोराही कारागारका जेलर लक्ष्मण सिंह राठोरले जानकारी दिनुभयो । कर्तव्य ज्यान , सवारी ज्यान र चोरी मुद्धाका गरी तीन जना कैदीबन्दी छुट्न लागेका छन् । उनीहरु सबै पुरुष कैदीबन्दी हुन् ।

यस्तै तुलसीपुर कारागारबाट ११ जना कैदीबन्दी गणतन्त्र दिवसको अवसरमा रिहा हुन लागेको जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।


तुलसीपुरबाट पनि कतव्र्य ज्यान, बहुविवाह, नकवजनी चोरीका गरी ११ जनाको बाँकी कैद मिनाह भएको जेलर रेग्मीले बताउनुभयो । उनीहरु पनि सबै पुरुष हुन् ।

कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने भएको हो । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको कारागार प्रशासनले जनाएको छ ।