कानुनका विद्यार्थीले देखाएको एउटा ‘डेमो’ : मानिशको टाउको भेटियो, शरिर भेटिएन

दाङ,१२ जेठ । हत्या गरि फालिएको मान्छेको टाउको । नजिकै रक्ताम्य चक्कु । रक्सीको बोतल, चुरोटका ठूटा । यीनै कुराको अनुसन्धानमा थिए तुलसीपुर १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु ।

चारजना विद्यार्थी‘साईन अफ क्राइम अफिसर’ले घटनास्थलमा मानिशको हत्या गरि फालिएको अबस्थाको टाउको भेटाएपछि हत्या गर्न के-के सामग्री प्रयोग भएका छन्, अन्य के-के गतिबिधि भएका छन्, त्यसको प्रमाण संकलन गरेर लिए । तर, मानिशको शरिर अझै भेटाउन सकेनन् । तर, उनीहरुले जति भेटाए त्यसमा शुष्मा अनुसन्धान गरे ।

किताबमा सैद्धान्तिक कुरा रहेको कुरालाई प्रयोगात्कक रुपमा विद्यार्थीहरुले डेमो प्रस्तुत गरेका थिए । यो कुनै बास्तविक घटना नभई विद्यार्थीहरुले अभ्यासकालागि प्रस्तु गरेको डेमो थियो । त्यही डेमोको अवलोकन गर्नेमा थिए-दाङका प्रहरी प्रमुख बीरबहादुर वली । ‘डेमो’ अवलोकन पछि प्रहरी प्रमुख एसपी वलीले अनुसन्धान धेरै गहिरिएर गरेपछि मात्रै तथ्य पत्ता लाग्ने बताए ।‘यो एकैछिनको डेमोबाट सिक्ने कुरा होईन्, तिखारिन धेरै प्रयाक्टिस गर्नुपर्छ’,उनले भने ।


उनले मृत्युको केशमा हत्या हो वा होईन भन्ने पत्ता लगाउनु नै ठूलो कुरा भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख मानबहादुर रावतले विद्यार्थीहरुले सिकेको कुरालाई ब्यवहारमा लागु गर्दा सीपको विकास हुने बताए । उनले तुलसीपुर मेट्रो कलेज स्थानीय सरकारको गौरबको आयोजना भएको भन्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका पूर्व वरिष्ठ उपाध्यक्ष सुशिल बस्नेत, व्यवसायी बिमल रिजाल, टोपबहादुर घर्ती, कलेज प्रमुख वसन्त आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यार्थी प्रकाश वलीले गरेका थिए ।