दाङमा राति ११ बजेसम्म बजार खुल्ने

तुलसीपुर,५ जेठ ।
दाङमा राति ११ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारबाट राति ११ बजे सम्म बजार खोल्न निणर्य गरेको हो । यसअघि राति १० बजेसम्म मात्रै पसल खुल्न दिने ब्यबस्था थियो ।

तर, शुक्रबारदेखि क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरू, मदिरा बिक्री वितरण गर्ने पसलहरू (बोतलबन्द बिक्रीहुने मात्र) र होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसल लगायत यस्तै प्रकृतिका सेवा जन्य व्यवसायहरू राति ११ बजे सम्म खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।