रचना रीमाल दाङको गुरुकुलमा आउदै

घोराही, ४ जेठ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१५ गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकि छिन । यहि जेठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसइई दिएका विद्यार्थिहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।

उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको लागि रीमाल दाङ आउने भएकि हुन । विद्यालयको प्राङ्गनमा आयोजना गरीने बृहत एसईई साँस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुती पनि राख्ने विद्यालयका नेपाली बिषयका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो ।


कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको प्रस्तुति संगै नेपाली हाँस्य बिधाका कलाकार कमल गाँउलेको पनि प्रस्तुति रहने विद्यालयले बताएको छ । हाँस्य कलाकार कमल गाँउले र गायिका रीमालको मुख्य प्रस्तुति रहने भएको हो । उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनको लागि निःशुल्क टिकटको ब्यबस्था गरीएको छ ।

एसइई दिएका विद्यार्थीहरुका लागि टिकट निःशुल्क गरीएको छ, भने टिकट प्राप्त गर्नको लागि विद्यार्थीहरुले एसइई परीक्षाको प्रबेश पत्रको फोटोकपि पेश गर्नुपर्ने छ । टिकट विद्यालय प्रशासनबाट उपलब्ध हुने र विद्यालय समयमा सम्पर्क गर्नुपर्ने छ । उक्त साँस्कृतिक कार्यक्रममा गायिका रीमालले विद्यार्थीहरुलाई मोटिभेसनल संगै आफ्नो कला प्रस्तुत गर्ने छिन ।