पुर्णरुपमा आँखा देख्न नसक्ने र समान्य भन्दा फरक खालका व्यक्तिहरुका लागी न्युन दृष्टि चश्मा तालिम

दाङ, १२ जेठ ।

न्युन दृष्टि भएका व्यक्तिहरुका लागी समान्य व्यक्ति सरह समाजमा जीवन यापन गर्न सक्ने बनाउनका लागी न्युन दृष्टि चश्मा जाँच सीप आवश्यक रहेको विहीबार राप्ती आँखा अस्पतालमा आयोजित एक कार्यक्रमक जोड दिइएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयले आयोजनामा ५ दिने न्युन दृष्टि तथा चश्मा जाँच तालिम उदघाट्न कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्णरुपमा अन्धोपन नभएको र सामान्य दृष्टि भन्दा फरक प्रकृतिका व्यक्तिहरुका लागी चश्मा जाँच अनिर्वाय गर्नुपर्नेमा जोड दिएका थिए । विभिन्न कारणले लो दृष्टि कम हुने जस्तै चोटपटक, जन्मजात मोतियाविन्द, दृष्टि पर्दा सम्बन्धी रोग, अल्छी आँखा आदीबाट न्युन दृष्टि हुने हुनाले यसको निराकरणका लागी यो तालिम आवश्यक रहेको बताइएको छ ।

अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम प्रमुख नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङको सचिव सुरेन्द्र वहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाइ सम्बोधन गर्दै सचिव खडकाले नेपाल नेत्रज्योति संघ दाङ शाखा अन्र्तगत संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा न्युन दृष्टि विभाग स्थापना गरी सर्वसुलभ तरिकाले अस्पतालले सेवा दिने वातावरण तयार गर्ने बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक हुकुम पोख्रेलले आँखा स्वास्थ्य सेवालाइ प्रचार प्रसार गरी समाजमा रहेका दृष्टिविहीन व्यक्तिहरुलाइ दृष्टि प्रदान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । आँखा सेवा प्रदायक निकायहरुले पुर्ण आँखा स्वास्थ्य सेवा प्रदान गर्नका लागी अस्पतालले विशिष्टीकृत सेवा तथा गुणस्तरीय सेवा दिनुपर्ने पोख्रेलको भनाइ छ । प्रविधिको विकास सगसगै जनशक्तिलाइ पनि नयाँ प्रविधीमा दक्ष बनाउन तालिमको आवश्यकता रहेको पोख्रेलले बताउनुभयो ।


कार्यक्रममा रण अम्बिका शाहा आँखा अस्पताल भैरहवाका अप्टोमेट्रिष्ट हरि बहादुर थापा, विराटनगर आँखा अस्पतालका अप्टोमेट्रिष्ट पंकज राय अधिकारी नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयको कार्यक्रम संयोजक हुकुम पोख्रेल लगाएतका व्यक्तिहरुले मन्त्वय राख्नुभयो थियो ।

तालिममा नेपाल नेत्रज्योति संघ अन्र्तंगत संचालित विराटनगर आँखा अस्पताल, सगरमाथा आँखा अस्पताल, लाहन, केडिया आँखा अस्पताल विरगञ्ज, गौर आँखा अस्पताल रौतहट, भरतपुर आँखा अस्पताल चितवन, हिमालय आँखा अस्पताल पोखरा, डां विनोद निता कंडेल आँखा अस्पताल नवरपरासी, रण अम्बिका शाहा आँखा अस्पताल भैरहवा, वुटवल लायन्स आँखा अस्पताल वुटवल, पाल्पा लायन्स लाकोल आँखा अस्पताल, छन्द कालेबाबु आँखा अस्पताल, वहादुरगञ्ज, लमही आँखा अस्पताल, राप्ती आँखा अस्पताल, फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज, गेटा आँखा अस्पताल कैलाली, महेन्द्रनगर आँखा अस्पताल कञ्चनपुर लगाएत १६ वटा आँखा अस्पतालहरुबाट सहभागीता रहेको छ । तालिममा ३ जना प्रशिक्षक रहनुभएको छ । कार्यक्रमको संचालन राप्ती आँखा अस्पतालको वाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले गर्नुभएको थियो ।