तुलसीपुरमा शिक्षक सरुवा र प्रअ नियुक्ती यथावत गर्न आदेश

तुलसीपुर,२९ वैशाख । उच्च अदालत तुलसीपुरले शिक्षक सरुवा र प्रधानाध्यापक नियुक्ती कार्य यथावत राख्न आदेश गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले केही समय अघि गरेको शिक्षक सरुवा र प्रधानाध्यापक नियुक्ती कार्यलाई यथावत राख्न आदेश गरेको हो । गएको सोमबार न्यायाधीश वविता उप्रेति र राजुराम सिलवालको इजलासले सोही आदेश गरेको हो ।


सो भन्दा अघि २८ वैशाखमा मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले तुलसीपुरमा शिक्षक सरुवा तथा प्रअ नियुक्ती कार्य रोक्न आदेश गरेको थियो । साथै सोही आदेशमा १ जेठ सोमबार दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने विषयमा छलफल हुने उल्लेख थियो। त्यही छलफलबाट २८ वैशाखमा दिएको आदेश खारेज गर्दै अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो । यो फैशलासंगै अब प्रअ नियुक्ती र शिक्षक सरुवा कार्य यथावत रहने भएको छ । साथै यो विषयमा १५ जेठमा पेशी तोकिएको छ । सोही दिन अन्तिम फैसला आउने आँकलन गरिएको छ ।

हिमबहादुर डाँगीले यसको विरुद्ध उच्च अदालत तुलसीपुरमा निवेदन दिएका थिए । तुलसीपुरमा यस अघि प्रधानाध्यापक नियुक्ती तथा शिक्षक सरुवा कार्य गरिएको थियो । त्यो कार्यको काँग्रेस, माओवादी केन्द्रल निकटका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघ संगठनहरुले विरोध जनाएका छन् ।