नागरिक हस्पिटलमा शुक्रबार पेट र मिर्गौला रोग बिशेषज्ञ आउँदै

तुलसीपुर,५ चैत । दाङको तुलसीपुर स्थित नागरिक अस्पतालमा पेट रोग बिशेषज्ञ र मिर्गौला रोग बिशेषज्ञ आउने भएका छन् ।

९ चैत, शुक्रबारका दिन पेट, आन्द्रा, कलेजो तथा प्यानक्रियाज रोग बिशेषज्ञ डा. अरुण ज्ञवाली आउन लागेका हुन् । उनी त्रिवि शिक्षण अस्प्ताल महाराजगंज काठमाडौंमा लामो समय अनुभव प्राप्त गरेका चिकित्सक हुन् ।


त्यस्तै सोही दिन बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.दिवाकर मानन्धर पनि आउदैछन् । विरेन्द्र सैनिक अस्पताल तथा मार्क किड्नी सेन्टर काठमाण्डौमा कार्यरत उनी आउन लागेको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले बताए ।