दाङमा काठ तस्कर मुद्धाका फरार व्यक्ति १० वर्षपछि पक्राउ

दाङ, ३ जेठ ।
दाङमा अवैधरुपमा सालको काठ तस्कर गरेको अभियोगमा फरार एक व्यक्ति पक्राउ परेका छन् । काठ तस्कर मुद्धामा दोषि ठहर भई फरार रहेका गढवा गाउँपालिका–४ पर्साका ३६ वर्षिय रेवती चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई २०७० साल पुस १६ गते दाङ देउखुरी जिल्ला अदालतले अवैधरुपमा सालको काठ तस्कर गरेको अभियोगमा तीन महिना कैद र ९ हजार ७०६ रुपैँया ६६ पैसा जरिवाना तोकेको हो ।


अदालतबाट दोषि ठहर भएका चौधरीलाई प्रहरीले १० वर्षपछि मंगलबार बेलुका ६ बजेतिर घरबाटै पक्राउ गरेको हो । चौधरीलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।