दंगीशरणमा हस्तलेखन सुधार तालिम

प्रमोद आचार्य,
दंगीशरण, २ जेठ ।
बिरेन्द्र नमुना माध्यामिक विद्यालय हेकुलिको आयोजनामा विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुका लागि एक हप्ते हस्तलेखन सुधार तालिम सोमबार देखी बिरेन्द्र माध्यामिक विद्यालय हेकुलिमा शुरु भएको छ ।

शिक्षामा उत्कृष्ट कृयाकलप गर्दै अगाडी बढेको विद्यालयले विद्यार्थीको गहनाको रुपमा आवश्यक पर्ने हस्तलेखनको कार्यक्रमलाई अगाडी बढाएको हो । पश्चिम दाङमै नमुना विद्यालयको रुपमा परीचित विद्यालयले शैक्षिक गुणस्तरीयताको सवालमा विभिन्न सैक्षिक कार्यक्रमलाई अगाडी बढाउदै आएको हो ।

सोमबार एक औपचारीक कार्यक्रमगरी विद्यालयले हस्तलेखन तालिमको औपचारिक समुद्घाटन गरीएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सम्भु गिरीले अहिलेको प्रविधि अनुसार विद्यार्थीले प्रविधियुक्त शिक्षा पाउनुपर्ने बताउनुभयो ।


अहिलेको समयमा समयानुकूल प्रविधीसङ्ग चल्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो । कक्षा १० का विद्यार्थीहरुलाई उनीहरुको रुचि र मागअनुसार हस्तलेखन तालिमको आयोजना गरीएको विद्यालयका प्र.अ. खिमराज खनालले बताउनुभयो ।

प्र.अ. खनालले पालिकाले शिक्षा प्रती गरेको कार्यप्रती प्रसम्सा गर्दै पालिकाले शिक्षामा गरेको उत्कृष्ट काम प्रती खुसी ब्यक्त गर्नुभयो । विद्यालयका प्र.अ.खिमराज खनालको सभापतीत्व,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,तथा शिक्षा साखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको विशिस्ट आथित्यतामा ५ दिने हस्तलेखन तालिमको उद्घाटन गरीएको हो ।