उपमहानगरपालिकालाई शवदाह गृह सार्न सकस ,भोटबैंकको रूपमा प्रयोग

टेकराज भण्डारी,
तुलसीपुर, १ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ घोराहि तुलसीपुर रोडमा रहेको कालाखोला शवदाह गृहको उचित ठाउँमा व्यवस्थापन गर्न को लागि विद्यालय र स्थानीय बासिहरूले पटक पटक गर्दा पनि नगरपालिकाले कुनै चासो दिएको छैनन् ।
१०० मिटर नजिकमा दुई ओटा विद्यालय छन् । उत विद्यालयमा अध्ययन गर्न जादा र उत बाटो वहर दोहर गर्दा स–साना बालबालिकाहरूले दैनिक रूपमा विद्यालय जादा शवदाह स्थलमा मृत्यु भएको मानिसहरूलाई सतगत गरि राखेको देख्नु पर्ने बाध्यता छ ।


उत दृश्यले बालबालिकाहरूको मस्तिष्कमा नकारात्मक असर तथा डर हुने भएको हुदा स्थानीय बासिहरू र विद्यालयले शवदाहलाई व्यवस्थापन गर्न माग गरेका छन् । शवदाह स्थललाई स्थानान्तरण गर्नको लागि स्थानीय बासिहरू र विद्यालयले पटक–पटक पहल गर्दा पनि हालसम्म कुनै व्यवस्थापन नभएकोले शवदाह स्थानको उचित व्यवस्थापन गर्नको लागि स्थानीय बासिहरू र विद्यालयले माग गरेको छ । चुनाव आउदा भोटबैङ को रूपमा प्रयोग गर्ने गरेको स्थानीय बासिले बताएका छन् ।