रेडक्रस तुलसीपुर उपशाखाद्वारा रक्तदान

तुलसीपुर,३१ वैशाख ।
नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । शनिबार रक्त सञ्चार केन्द्र तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा दर्जन बढिले रक्तदान गरेका छन् । सोही अवसरमा २३ जनाले रक्तदान गरेका थिए ।

उप-शाखा सभापती देविका नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रेडक्रस दाङका उप-सभापती हरिहर पौडेलले रक्तदान नै जीवन दान भएकाले सबैले रगत दान गर्नुपर्ने बताए ।


त्यस अवसरमा रेडक्रस तुलसीपुर उप-शाखा सह-सचिव बसन्त के सी,सह-कोषाध्यक्ष इश्वरी खडका,सदस्य पूणर्प्रसाद धिताल र गोपाल रावतलगायतको सहभागिा रहेको थियो । कार्यक्रमको सहजीकरण उपशाखा सचिब वंशीकुमार शर्माले गरेका थिए ।