रास्वपाका कार्यकर्ताले भ्रम सिर्जना गरे: भण्डारी

दाङ, १३ भदौ ।
नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वसन्त कुमार भण्डारीले आफ्नो बारेमा भ्रामक सुचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

भण्डारीले आज बुधबार जारी गरेको बिज्ञप्तिमा “राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले काङ्ग्रेस छोडेर रास्वमामा आउने र आशन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । “म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएको हैसियतले अघिल्लो पटक देउखुरी उद्योग वाणिज्य संघको सचिवमा निर्वाचित भएको यहाँहरु सबैलाई थाह भएकै कुरा हो ।

म नेपाली काङ्ग्रेसको मूल्य मान्यता, नीति, विचार र सिद्धान्तमा विचलित हुने नसक्ने मेरो पार्टीका सबै नेतागण, कार्यकर्ता र शुभ चिन्तकज्युहरुलाई जानकारी गराउदै त्यस्ता खाले दिग्भ्रमित कुराको पछि नलाग्न पनि हार्दिक अनुरोध गर्दछु । साथै आशन्न देउखुरी उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा नेपाली काङ्ग्रेसबाट बन्नु हुने उम्मेदवारलाई निर्वाचित गराई सहयोग गर्न समेत सम्पुर्ण उद्योगी व्यवसायीज्युहरुमा अनुरोध छ ।” भण्डारीले जारि गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।


भण्डारी देउखुरी उद्योग वाणिज्य संघ लमहीका सचिव हुन् भने लमही क्षेत्रका एक प्रतिष्ठित व्यवसायी पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य भण्डारी लमही क्षेत्रमा रहेका थुप्रै सामाजिक संघ संस्थामा आबद्द रहेर जिम्मेवारी निर्वाह गरि सकेका एक युवा नेता हुन् ।