लुम्बिनीमा तत्काल मन्त्रीपरिषद विस्तार हुन्छ : मुख्यमन्त्री

तुलसीपुर, २५ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्री परिषद विस्तार हुने बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै मुन्त्री चौधरीले २/४ दिनमै मन्त्रीपरिषद विस्तार हुने बताउनु भएको हो ।“सबै प्रदेशको एकै पटक मन्त्रीमण्डल विस्तार गरौं भन्ने नीतिगत निर्णय भएको छ”,उहाँले भन्नुभयो“२/४ दिनमै मन्त्रीमण्डल विस्तार हुन्छ ।”

काँग्रेस, माओवादी केन्द्रसहित बिभिन्न ८ दल र एक स्वतन्त्र साँंसद गरि ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री हुनु भएको हो । यस अघि माओवादी केन्द्रका धनबहादुर मास्की(राजेश), नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।


लुम्बिनीमा १० वटा मन्त्रालय छन् । गठबन्धनमा काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसद छन् । त्यस्तै विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् ।