तुलसीपुरबाट २ सडक मानवको उद्दार

तुलसीपुर, २४ बैशाख ।
तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार गरिएको छ । शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो । सल्यान ढोरचौर घर बताउने अन्दाजी ४५ वर्षीय छवि बोहोरा र रुकुम पश्चिम मुसिकोट १२ घर बताउने रत्न बहादुर पुन मगरलाई तुलसीपुर बसपार्कबाट उद्धार गरिएको हो ।


बसर्पाकको पिपलबोटमा बास बसेको अवस्थामा भेटिनुभएकी ४५ वर्षिय बोहरले छोरा कमल वोहोरा, श्रीमान गौरी बोहरा बताउनुभएको छ । मानव सेवा आश्रम तुलसीपुरको नेतृत्वमा सडक पेटीमा रात बिताउनेहरुको हरेक समयमा उद्धार गर्ने गरिए पनि शनिबार विषेश उद्धार अभियान संचालन हुने गरेको आश्रमका तुलसीपुर प्रमुख हिरु जोशीले बताउनुभयो ।

उहाँले विभिन्न कारणले सडकमा आएका मानवको उद्धारका लागि कुनै पनि बेला जानकारी गराउन सबैमा अनुरोध गर्नुभएको छ ।