संविधान दिवसमा दाङबाट को–को विभूषित हुँदैछन् ?

तुलसीपुर, ३ असोज । संविधान दिवसको अबसरमा दाङबाट पनि बिभिन्नि व्यक्तीहरुलाई विभूषण गर्न लागिएको छ ।

प्रवल जनसेवाश्रीबाट स्व. शिवराज गौतम, स्वास्थ्यसेवी कृष्णकुमार गिरी र कलाकार चन्द्र शर्मालाई विभूषण गर्न लागिएको हो ।

त्यस्तै सुप्रवल जनसेवा श्रीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेत, जनसेवाश्रीबाट कलाकार कमल गाउँले, बेलझुण्डी कोरोना बिशेष अस्पतालका एचए दोर्णबहादुर ओली, जिल्ला प्रशासन कार्यालय दाङका कार्यालय सहयोगी विष्णु प्रसाद खनाललाई बिभूषण गरिएको हो ।


त्यस्तै समाजसेवा रत्नबाट दाङ घोराहीका भरतमणी पाण्डे, प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल भालुवाङका टेकराज पोखरेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राणालाई बिभूषण गर्न लागिएको हो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'