तुलसीपुर
९ वैशाख / नेकपा माओवादी केन्द्रले पश्चिम दाङका स्थानीय तहमा आफ्ना उम्मेदवार उठाउने भएको छ ।
दाङ क्षेत्र नं. ३ मा पर्ने तुलसीपुर, दंगीशरण,शान्तिनगर र बबइमा आफ्ना उम्मेदवार उठाउने भएको हो । पार्टीका क्षेत्रीय इञ्चार्ज भिमबहादुर वलीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा केन्द्रबाटै उम्मेदवार तय भएकाले त्यसमा उम्मेदवार नउठाउने भएपनि त्यो बाहेक तुलसीपुरका १९ वटै वडासहित अन्य गाउँपालिकामा सबै उम्मेदवार उठाउने बताए ।
गठबन्धनमा काँग्रेसले सबै स्थानीय तह लिन थालेपछि आफै उम्मेदवारी दिनु पर्ने अबस्था आएको वलीले बताए । तर, गठबन्धनमा छलफल भने भइरहने बताए । यदि काँग्रेस लचिलो बनेर आएमा उम्मेदवार फिर्ता समेत लिन सकिने वलीको भनाई छ ।
साथ यसमा काँग्रेस संयम भएर निर्णयमा आउनु पर्ने उनको भनाई छ ।
लाइभदाङ । ९ बैशाख २०७९, शुक्रबार १५:३२ बजे