त्रिसिद्देश्वरि राप्ती यातायात कर्मचारी यूनियनको अध्यक्षमा दिनेशजगं शाह

टेकराज भण्डारी,
दाङ, २२ बैशाख ।
त्रिसिद्देश्वरि राप्ती यातायात कर्मचारि यूनियनको ७ औं साधारणसभा तथा प्रथम अधिवेशन आज (शुक्रबार) तुलसीपुरमा सम्पन्न भएको छ । ७ औं साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा दिनेशजगं शाह निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा दीपक थापा, उपाध्यक्षमा यज्ञबहादुर वली, कोषाध्यक्षमा मोहन श्रेष्ठ, सचिवमा दिपेन्द्र शाह (मनोज) र सहसचिवमा कृष्ण केसीलाई चयन गरेको छ ।


त्यस्तै सदस्यहरुमा सुवर्ण डाँगी, अर्जुन न्यौपाने, सुजित लामिछाने, अनिल कवँर, निरञ्जन गुरुङ (प्रदीप), दुर्गेश घर्ती र प्रकाश केसीलाई चयन भएका छन् ।