तुलसीपुुर,११ वैशाख ।
दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान शुरु गरेको छ ।‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिबिधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी शहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिबृद्धिकालागि यो अभियान सुरु गरिएको उहाँको भनाई छ ।“ राजधानी पनि हाम्रै पालिकामा छ”,उहाँले भन्नुभयो“त्यसैले पालिकालाई ब्यबस्थित,सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो ।” पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीय निर्वाचनका उम्मेदवारहरुलगायतलाई समेटेर समिति बनाएको समेत उहाँले बताउनुभयो ।
सामाजिक अराजकता रोक्नका लागि सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उहाँको भनाई छ । हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुँने भन्दै सबैलाई साथमा लिएर अगाडी बढेको समेत उहाँले बताउनुभयो । पूर्वाधार विकास मात्रै नभई चेतना स्तर बृद्धिकालागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाई छ ।
लाइभदाङ । ११ बैशाख २०८०, सोमबार ११:३० बजे