खैरेनिमा ज्ञान महायज्ञ संगितमय भागवत शिबचर्चा हुने

निराश पाण्डे,
खैरेनी, २९ चैत ।
दंगीशरण गाउँपालिका वडा नम्बर ७ खैरेनी स्थित शिव मन्दिरको सर्वागिंण विकासका लागि आउदो बैशाख २२ गते देखि २८ गते सम्म धार्मिक ज्ञान महायज्ञ हुने भएको छ। आयोजक समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरि खैरेनिमा सचिबालयको समेत उद्घाटन गरिएको छ।

धार्मिक ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक गोबिन्द बहादुर डाँगीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तारा बहादुर ओलीको प्रमुख आतिथ्यता तथा नेपाली भाषाका प्रमुख कथा बाचक अच्युत शरण महाराज धिताल र सिद्ध भगवन्तनाथ मन्दिर ब्यबस्थापन समितीका सचिब धर्म नाथ योगिको बिशिस्ट आतिथ्यतामा भएको सचिबालय उद्गाघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले ज्ञान महायज्ञ लाई सबैले आआफ्नो तह र तप्का बाट सहयोग पु¥याउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा योग गुरु निम बहादुर खड्का लगाएतका बक्ताले बोलेका थिए। आयोजक समितिले बैशाख २२ गते बिहान १० बजे कलस यात्रा गर्ने जनाएको छ उक्त कलस यात्रामा उपस्थिति हुन सबैलाई आग्रह समेत गरेको छ। महायज्ञका दैनिक कार्यक्रम अन्तर्गत बिहान ६ बजे देखि ७ बजे सम्म योग शिबिर, ८ बजे देखि १२ बजे सम्म श्रीमदभागवत पाठयनाराण, दिउँसो १२ देखि ४ बजे सम्म कथा प्रबचन , साझ ६ बजे देखि ७ सम्म बाल संस्कार त्यसै गरि साझ साढे सात देखि साढे दस बजे सम्म रात्रि कालिन कथा प्रबचन र भजन क्रीतन र झाकी प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।


महायज्ञको प्रमुख कथाबाचकमा अच्युत शरण महाराज धिताल रहनु भएको छ । कार्यक्रमको संचालन मुल आयोजक समितीका महासचिब प्रदीप नाथ योगिले गर्नु भएको थियो।