विद्यार्थीलाई हौसला प्रदान गराउदै रोजी स्कुल

दाङ, २५ चैत ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षित व्यक्तिले मात्र नेतृत्व गर्न सक्ने कुरा बताउनु भयो । अशिक्षित व्यक्ति, साम दाम दण्डभेद प्रयोग गरेर राज्यको महत्वपुर्ण निकायमा पुगेकै कारण नेपाली जनताले दुःख पाएको उहाँको भनाई छ ।

रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले शनिबार लमहीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले शिक्षाका जरो तितो र फल मिठो हुने कुरालाई जोड दिंदै यो देशको नेतृत्व गर्ने भनेको यिनै कलिला सम्भावना बोकेका नानिबाबुहरुले हो, यो बेला यी नानिबाबुलाई सस्कार सहितको शिक्षा प्रदान गर्नु आवश्यक छ, यो बेला शिक्षक, अभिभावक सबै चनाखो हुनु पर्छु–उहाँले भन्नु भयो ।

रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उत्प्रेरणा जगाउने कार्यक्रम प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत छात्र तथा छात्राका लागि दुई जना प्रशिक्षक बोलाएर प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक राजु यादवले जानकारी दिनु भयो ।


‘पठन–पाठन बाहेक बाहिरी कुराको पनि ज्ञान प्राप्त होस्, गलत ट्रयाक समातेका विद्यार्थीलाई सहि मार्गमा आउन मद्दत पुगोस, उनीहरुले आफ्नो जिम्मेवारी र दायित्व केहो भन्ने बुझ्नु साथ–साथै विद्यार्थीमा उर्जा थपियोस भनेर यो कार्यक्रमको आयोजना गरिएको हो’ प्रधानाध्यापक यादवले भन्नु भयो ।

विद्यालयका प्रधानाध्यापक राजु यादवको सभापतित्व तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण पूर्ण ओलीले गर्नु भएको थियो । कार्यक्रमका बारेमा प्रकाश पार्नुको साथै स्वागत मन्तव्य प्रधानाध्यापक राजु यादवले राख्नु भएको थियो ।

कार्यक्रममा प्रशिक्षक कमल सिलवाल र रवीन्द्र बस्नेतले प्रशिक्षण दिनु भएको थियो । सोहि अवशरमा कक्षा १२ का विद्यार्थीलाई विदाई समेत गरिएको छ ।