यात्रुबहाक बस दुर्घटनामा परी ११ जना घाईते

दाङ, २३ चैत ।
दाङमा सवारी दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । आज दिउँसो करिब साढे ३ बजेको समयमा लमही नगरपालिका–६ मसोटखोला नजिक नेपालगञ्जबाट घोराही तर्फ आउदै गरेको भे १ ख २३१९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा ११ जना घाईते भएका हुन् ।

घाईते हुनेमा बंगलाचुली गाउँपालिका-४ फाटाका २८ बर्षिय रिना पुन मगर, घोराही उपमहानगर-३ भैसपुरका २८ बर्षिय तुलसी चौधरी, तुलसीपुर-१७ का २४ बर्षिय विकास कार्की, घोराही-१८ का २० बर्षिया बबिता जिसी र बर्दियाको राजपुर नगरपालिका-८ का ३० बर्षिय प्रकास थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

यस्तै घोराही-१० का ५० बर्षिय सिता नेपाली, ५२ बर्षिय गोबिन्द नेपाली र १० बर्षिय डिलीसा नेपाली रहेका छन् । घाईते ८ जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।


यसैगरी प्युठानको झिम्रुक गाउँपालिका-५ का ४६ बर्षिय अमृता पुन, प्युठानको प्युठान नगरपालिका-५ का सरिता केसी र बाँकेको राप्ती सोनारी गाउँपालिकाका-८ ३४ बर्षिय अमृता बुढाथोकी रहेका छन् । यि तिन जनाको कृपा मेडिकल लमहीमा उपचार भइरहेको डिएसपी गौतमले जानकारी दिनुभयो ।

बस चालक फरार भएकाले खोजीकार्य भइरहेका छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।