प्रतिष्ठानमा विशेषज्ञसहित स्वास्थ्य सेवा प्रदान गर्न ई.अधिकारीको आग्रह

दाङ, २८ असोज ।
दाङ क्षेत्र नं. २ बाट उम्मेदवार दिएका ई विशाल अधिकारीले राप्ती विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा गुणस्तरीय बनाउन ध्यानार्कषण गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अधिकारीले प्रतिष्ठानबाट विशेषज्ञसहित स्वास्थ्य सेवा प्रदान गर्न र एमबीबीएस सहितको मेडिकल शिक्षा सञ्चालन गर्नबारे प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेलाई ध्यानार्कषण गराएका हुन् ।


प्रतिष्ठानका उपकुलपती डा.विकास लामिछानेले विगतको भन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको बताए । उनले पछिल्लो समय प्रतिष्ठानमा एमआराइ जस्ता स्वास्थ्य उपकरण सञ्चालनमा ल्याएर विशेषज्ञसहितको स्वास्थ्य सेवा दिन खोजेको बताए ।

त्यस्तै हालको २३० शैयालाई बढाएर ३०० सञ्चालन गर्ने सोच समेत भएको उनले बताए । त्यस्तै एमबीबीएस सहितको मेडिकल शिक्षा सञ्चालन गर्ने तयारीभए पनि राज्यले बजेट नछुट्याउँदा समस्या भइरहेको उनले बताए ।

भौतिक पूर्वाधारकालागि आवश्यक बजेट नआउँदा एमबीबीएस कक्षा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । उनले मेडिकल शिक्षा तर्पmबिएसी नर्सिङ र बिएन भने यसैवर्षदेखि सञ्चालन गर्ने तयारी गरेको बताए ।