‘आपत, विपतमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीको सम्मान हुनुपर्छ’

दाङ,१८ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बसन्त शर्मा(बिक्रान्त)ले आपत विपतमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई उचित सम्मान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन दाङको लमही नगरपालिका ५ जखेरा तालमा आयोजना गरेको बनभोज तथा परिचयात्मक कार्यक्रममा उनले आफ्नो ज्यूज्यानको समेत प्रवाह नगरि आपत्त, विपत्त तथा दुःख, विरामी पर्दा नै स्वास्थ्यकर्मीहरु अग्रभागमा खटिने गरेको बताए । गाउँ–गाउँ तथा दूरदराजमा समेत स्वास्थ्यकर्मीहरुले सेवा गरिरहेको भन्दै यसलाई हरेक क्षेत्रबाट सम्मान हुनुपर्ने उनको भनाई थियो ।


त्यस अवसरमा बिशिष्ट अतिथि संगठनका केन्द्रीय सचिब हिरन्य राज शर्मा, केन्द्रीय सदस्य शेरबहादुर बीसी, प्रदेश अध्यक्ष धनबहादुर बुढा क्षेत्री, राष्ट्रिय प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको लेम्बिनी प्रदेश सचिब नारायण रावत, संगठनका केन्द्रीय सदस्य पवन बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

शनिबार संगठनका जिल्ला अध्यक्ष नेपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमराज योगीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सचिब सूर्य नारायण यादवले गरेका थिए ।