कृषिमा जमेका‘विजय’

तुलसीपुर,५ असोज ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी विजय बुढा मगर हिजोआज तरकारी खेतिमा ब्यस्त देखिन्छन् । उनले २ विघा भन्दा बढि क्षेत्रफलमा तरकारी खेति गरेका छन् । त्यही खेति नै उनको जीवन धान्ने आधार बनेको छ ।“तरकारी खेतिबाट जति आम्दानी हुन्छ, त्यसबाटै जीवन धान्ने आधार बनेका छ”,उनले भने ।

उनले यसरी खेति गरेको पाँच बर्ष भयो । उनले अहिले काँक्रा,टमाटरलगायतका खेति गरेका छन् । उनले प्रत्येक बर्ष १५ १५ हाराहारीमा तरकारीमा लगानी  गर्दै आएका छन् ।


उनको पाँच जनाको परिवार छ । बारीमा उत्पादन भएको तरकारी बेचेर परिवार पाल्ने गरेको उनले बताए । उनले उक्त तरकारीलाई बजारीकरणकालागि बैशाखदेखि कात्तिकसम्म १५ जनालाई रोजगारी समेत दिने गरेको उनको भनाई छ ।

कृषि पेशाबाट मनग्य आम्दानी हुने गरेको उनले बताए । सरकारले कृषी क्षेत्रकालागि उचित नीति बनाएमा नेपालमै कृषिमा आत्म निर्भर बन्न सक्ने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक