रुकुम पश्चिममा अटो दुर्घटना हुँदा ६ जना घाईते

रुकुम पश्चिम, १२ चैत ।
रुकुम पश्चिममा अटो दुर्घटना हुदा ६ जना घाइते भएका छन । घाइते हुनेमा अटो चालक मुसिकोट नगरपालिका १४ निवासी ३१ वर्षिय रोशन बिष्ट, मुसिकोट नगरपालिका ३ का वडा सदस्य ३२ वर्षिया खिमा खड्का, मुसिकोट १४ निवासी ३१ वर्षिय बिर्खबहादुर बिष्ट, सोहि ठाउँका १४ वर्षिय सरिता ओली विष्ट, सानीभेरी गाउँपालिका ९ निवासी २३ वर्षिय रनबहादुर विष्ट र उहाँकी ६ बर्षिया छोरी सपना बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

घाईते मध्य चालक रोशन बिष्टको अवस्था गम्भिर रहेको छ, भने अन्यको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार जिल्लाको मुसिकोट १ खलंगा देखि मुसिकोट १३ छिवाङ चौतारा तर्फ जादै गरेको रा १ ह ७१९९ नम्वरको अटो सेरीगाउँ नजिकै दुर्घटना भएको हो ।


घाईतेहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।